काठमाडौं – निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम आज सार्वजनिक गर्ने भएको छ । आयोगले आज दिउँसो १ः३० बजे पत्रकार सम्मेलन मार्फत अन्तिम नतिजा सार्वजनिक गर्न लागेको हो ।
आज अन्तिम नतिजा घोषणा गरेपछि आयोगले भोली बिहिबार राष्ट्रपतिसमक्ष सम्पूर्ण निर्वाचन परिणाम पेश गर्ने तयारी गरेको जनाईएको छ ।
आयोगले राष्ट्रपतिलाई अन्तिम परिणाम बुझाएसँगै सरकार गठन र संसदीय प्रक्रिया अगाडि बढ्नेछ । प्रतिनिधिसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यहरुले आफू मध्येबाट सभामुख र उपसभामुखको निर्वाचन गर्ने संबैधानिक व्यवस्था रहेको छ ।