काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले जाजरकोटमा जीप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
मध्यपहाडी सडकखण्डअन्तर्गत जाजरकोटको छेडागाड नगरपालिका–५ स्थित भिरपाटीमा सोमबार दिउँसो कर्णाली प्रदेश ०२—००१च०४२९ नम्बरको बलेरो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको थियो ।
प्रधानमन्त्री देउवाले आज शोक विज्ञप्तिमार्फत मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको हो ।