काठमाडौं – कञ्चनपुरको अर्जुनी क्षेत्रमा मोटरसाइकल अनियन्त्रित हुँदा आज एक युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पूर्वबाट पश्चिमतर्फ आइरहेको से ७ प २८४२ नं को मोटरसाइकल अनियन्त्रित भई चालक कृष्णपुर नगरपालिका–९ का २४ वर्षीय हरिश ऐरको मृत्यु हो ।


दुर्घटनामा परी घाइते भएका ऐरको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुन पुगेको र घटनाको थप अनुसन्धान भइरहेको छ ।