काठमाडौं – वर्षौदेखिको प्रेम सम्बन्धपछि दुबै परिवारको सहमतिमा भएको इन्गेजमेन्ट तोडिएपछि धुम्बाराहीमा आत्मदाह गरेकी पुष्पा न्यौपानेको घटनामा इन्गेजमेन्ट तोड्ने सुधन सङ्ग्रौलाविरुद्ध प्रहरीले आत्महत्या दुरुत्साहनमा मुद्दा अगाडी बढाएको छ ।
पीडित पुष्पाले मङ्सिर १९ गते साँझ सुधनको घर अगाडी पुगेर आफैँलाई पेट्रोल छर्किएर आगो लगाएकी थिइन् । उनको मङ्सिर २० गते कीर्तिपुर वर्न अस्पतालमा मृत्यु भएको थियो।
मुलुकी अपराध संहिता अनुसार आत्महत्या दुरुत्साहनको कसुरमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । सुधनलाई यही सजाय माग गर्ने गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
घटना भएकै दिन सुधनसहित उनका दाजु र बाबुआमालाई पनि प्रहरीले पक्राउ गरेको थिए । तर अदालतले सुधनलाई मात्रै आत्महत्या दुरुत्साहनमा मुद्दा चलाउन अनुमति दिएको दिएको छ । सुधन र पुष्पाले गत भदौ १८ गते इन्गेजमेन्ट गरेका थिए । तर इन्गेजमेन्टपछि उनीहरूको सम्बन्ध बिग्रिन पुग्दा सो घटना हुन पुगेको हो ।