काठमाडौं – राष्ट्रिय भूमि आयोगले स्थानीय तहमा लगत सङ्कलनसम्बन्धी काम पुनः सुरु गर्ने भएको छ । निर्वाचनको आचारसंहिताका कारण लगत संकलन, जग्गा नापजाँच, जग्गाको निस्सा तथा जग्गा धनी प्रमाण पुर्जा वितरण रोकेको राष्ट्रिय भूमि आयोगले निर्वाचन आचारसंहिता सकिएसँगै स्थानीय तहमा लगत सङ्कलनसम्बन्धी काम पुनः सुरु गरेको हो ।

आयोगले एक सार्वजनिक सूचना जारी गर्दै आज बुधबारबाट पुनः काम सुरु गरिएको जनाएको छ ।