काठमाडौं – नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले बन्दी रिहाइका लागि भनेर सरकारले ल्याउन लागेको अध्यादेशको विरोध गर्नुभएको छ । डा. कोइरालाले अदालतले दोषी ठह¥याएकालाई माफी दिने प्रयास लोकतन्त्रको उपहास हुने बताउनुभएको हो ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले नागरिक नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी, सिके राउतको जनमत पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका जघन्य अपराधमा संलग्न भई अदालतबाट कैद सजाय सुनाएकालाई रिहाइका लागि भनेर अध्यादेश पारित गरेको थियो। उक्त अध्यादेश राष्ट्रपतिबाट जारी हुन बाँकी छ ।
सरकारले अध्यादेश ल्याउने तयारी गरेपछि काङ्ग्रेसबाटै चर्को विरोध भइरहेको छ । काङ्ग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत नेताहरूले सरकारको उक्त निर्णयको विरोध गर्नुभएको छ । संस्थापन इतर समूहका नेता डा. कोइरालाले अदालतले दोषी ठह¥याएका व्यक्तिलाई छुटाउनकै लागि कानुन बङ्ग्याउने छुट कसैलाई नभएको बताउनुभएको छ ।
उहाँले आज सोमबार सामाजिक सञ्जालमार्फत लेख्दै भन्नुभएको छ, ‘अध्यादेशमार्फत कानुन संशोधन गरी अदालतले दोषी ठह¥याएकालाई माफी दिने प्रयास गरिनु कानुनी शासन, संसदीय प्रणाली, राजनीतिक र लोकतान्त्रिक मर्मको उपहास गर्नु हो । आफू अनुकूलको राजनीतिक सहजताको लागि कानुनलाई बङ्ग्याउने छुट कसैलाई छैन । भोलि यसले गलत नजिर बस्न जान्छ ।’
