काठमाडौं – राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले कक्षा ११ को रजिस्ट्रेसन आवेदन फाराम खुला गरेको छ । बोर्डले शैक्षिक सत्र २०७९–८० मा भर्ना भएका विद्यार्थीहरुका लागि पुस १५ गते भित्र बिलम्ब शुल्क रहित र पुस मसान्त भित्र बिलम्ब शुल्क सहित रजिष्ट्रेसन आवेदन फाराम भर्न भनेको हो ।


साथै माघ १५ गतेभित्र सम्बन्धित विद्यालयले बैङ्क भौचर र रजिस्ट्रेसन आवेदन फारम बोर्डको सम्बन्धित कार्यलयमा बुझाउनु पर्ने छ ।