काठमाडौं – निर्वाचन आयोगले गत असोज १२ गतेदेखि देशैभर लागू गरेको निर्वाचनसम्बन्धी आचारसंहिता आजबाट हटेको छ । उक्त आचारसंहिता आज मङ्सिर २६ गते सोमबारदेखि लागु नरहेको निर्वाचन आयोगले जनाएको हो ।
यसबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र सम्पूर्ण मन्त्रालयहरू तथा संवैधानिक निकायमा जानकारी गरिएको आयोगले बताएको छ ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा २ बमोजिम आयोगले भोलिदेखि आचारसंहिता लागू नरहने निर्णय गरेसँगै हटाइएको हो ।
