फाइल तस्वीर
काठमाडौं– एमाले नेता भीम रावलले अहिले सरकारले अध्यादेश ल्याउन खोज्नु कानुनी शासनको धज्जी उडाउनु सरह हुने बताउनुभएको छ । नेता रावलले हत्या अभियोगमा जेलमा रहेका रेशम चौधरीसहितका व्यक्तिलाई आममाफी दिनेगरी सरकारले अध्यादेश ल्याउन खोजेपछि आपत्ति जनाउनुभएको हो ।
नेता रावलले सामाजिक सञ्जालमा ट्वीट गर्दै लेख्नुभएको छ–‘सरकारमा सहभागी दलहरूले कानुनी शासनको धज्जी उडाउँदै अध्यादेशद्वारा सत्ता स्वार्थ पूर्ति गर्न खोज्नु खेदजनक छ, यो नेपाली जनताको जनादेशको समेत घोर अपमान हो ।’

उहाँले जिल्ला अदालतमा विचाराधीन मुद्दा मात्रै सरकारले फिर्ता लिन सक्ने व्यवस्थामा संशोधन गरी सरकारले जुनसुकै अदालतमा विचाराधीन मुद्दा पनि फिर्ता लिन सक्नेगरी अध्यादेश ल्याउने निर्णय गर्नु कुशासन बढाउने काम भएको बताउनुभएको छ ।