फाइल तस्वीर


ललितपुर — प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानले मानव अधिकारका आधारभूत अधिकारलाई मौलिक हकको रुपमा स्थापित गरेको बताउनु भएको छ । प्रधानमन्त्री देउवाल राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो धारणा व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले मानव अधिकार, लोकतन्त्र र काननी शासनको पक्षमा सामुहिक रुपमा काम गर्न आवश्यक रहेको भन्दै नेपालको संविधानले मानव अधिकारका आधारभूत अधिकारलाई मौलिक हकको रुपमा स्थापित गरेको दावी गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले ‘सबैजना मिलेर सामूहिक रुपमा मानव अधिकार, लोकतन्त्र, कानुनको शासनको पक्षमा काम गर्न आवश्यक छ,’ उनले भने, ‘मानव अधिकारको संरक्षण, संवद्र्धन गर्ने दायित्व राज्यको भए पनि मानव अधिकारको सम्मान गर्नु सबैको जिम्मेवारी हो’– भन्नुभएको छ ।

प्रधानमन्त्री देउवालो सो अवसरमा नागरिकको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रत्याभूत गर्न र मानवअधिकारमैत्री वातावरण सिर्जना गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । आज विश्वभर नेपालसहितका मुलुकहरुले ७४ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाएका छन् ।