फाइल तस्वीर
काठमाडौं – राष्ट्रिय दलको मान्यता प्राप्त राजनीतिक दलहरुले समानुपातिक सांसदको नामावली निर्वाचन आयोगमा पठाएका छन् । यसरी नाम पठाउने राजनीतिक दलमा नेपाली काङ्ग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पाटीलगायत सात दल रहेका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक सांसद्मा एमालेले ३४ जनाको नाम पठाएको छ । आज शनिबार बसेको सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जना चयन गरेको हो ।

एमालेले चयन गरेका समानुतिकतर्फ निर्वाचन आयोगमा पठाएको प्रतिनिधिसभा सदस्यका लागि रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही, देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई रहनु भएको छ ।

यसैगरी नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा, मेनका पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, सुनीता बराल, आश्माकुमारी चौधरी, शान्ति चौधरी, ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा , रुक्मणी राना बराइली, हर्कमाया विश्वकर्मा रहनुभएको छ ।

यसैगरी गङ्गाप्रसाद यादव, अमृतलाल राजवंशी, विना देवी, अमृता अग्रहरि, प्रतीक्षा तिवारी मुखिया र सराज अहमद खान पनि एमालेबाट प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकमा छानिनु भएको छ ।

समानुपातिक तर्फ दोस्रो भएको नेपाली काङ्ग्रेसले निर्वाचन आयोगलाई पठाएको नाममा गोपालमान श्रेष्ठ अटाउन सक्नुभएन भने निर्वाचन आयोगमा पठाइएको नाममा विमलेन्द्र निधि, डा. प्रकाशशरण महत, जीवन परियार, सरस्वती बजिमय, लिलादेवी बोखिम, सीता कुमारी, राना,सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा सेरचन, अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाँण, रमा कोइराला पौडेल, कान्तिका सेजुवाल, मैना रावल कार्की रहनुभएको छ ।

यसैगरी नागिना यादव, मुक्ता कुमारी यादव, चन्दा चौधरी, सङ्गीता मण्डल, निनुकुमारी कर्णका साथै कल्पना चौधरी, विनाकुमारी थनेत, शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक र जावेदा खातुन् जागा समानुपातिक सांसदको सूचीमा पर्न सफल हुनुभएको छ ।
नेकपा माओवादी केन्द्रले पनि निर्वाचन आयोगमा आफ्नो पार्टीबाट समानुपातिक सांसदको नाम पठाए पनि नाम भने सार्वजनिक गरेको छैन ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि समानुपातिक सांसदका लागि २४ जनाको नाम निर्वाचन आयोगमा बुझाएको छ । पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले दिएको जिम्मेवारी अनुसार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले समानुपातिक सांसदहरुको नामावली निर्वाचन आयोगमा पठाउनृ भएको हो ।

केन्द्रीय कार्यासम्पादन समितिको बैठकमा समानुपातिकका केही नाममा विवाद भएपछि सबै टुंगो लगाएर सूची पठाउने जिम्मेवारी लिङ्देनलाई दिएको थियो । राप्रपाले पठाएको सूचीमा प्रतिनिधिसभा सदस्यका लागि कसकसको नाम पठाउनु भयो भन्ने सार्वजनिक भएको छैन ।

विशेषगरी प्रतिनिधिसभातर्फ दुई पुरुषतर्फका दुई सिटमा राणाको नाम अनुमोदन भएपनि पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनी रहने कि उपाध्यक्ष बुद्धिमान तामाङ रहने भन्ने विषयमा विवाद देखिएपछि सो को निर्णय गर्ने अधिकार नेताहरूको भनाइ छ । अन्य समानुपातिक नाममा पनि आकांक्षी धेरै भएपछि सूची गोप्य राखेर आयोगमा पत्र पठाइएको छ ।

राप्रपाले प्रतिनिधिसभातर्फ ७ जना, प्रदेश १ मा ४ जना, मधेसमा १ जना, बागमती प्रदेशमा ६ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा २ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशमा १÷१ जना समानुपातिक सांसद छानेको छ ।