फाइल तस्वीर


काठमाडौं –प्रतिनिधिसभा र प्रदेशसभाको अनपेक्षित नतिजा प्राप्त गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठक बस्दैछ । पार्टीको तर्फबाट समानुपातिक सांसदको अन्तिम नाम टुङ्ग्याउन आज शनिबार कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो ।

उक्त बैठक आज बिहान ११ बजे धुम्बाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बताइएको छ । राष्ट्रिय पार्टी बनेको राप्रपाले प्रतिनिधिसभातर्फ समानुपातिकमा ७ र प्रदेशसभातर्फ समानुपातिकमा १७ सिट जितेको छ । राप्रपाले प्रतिनिधिसभा प्रत्यक्षतर्फ ७ सिट जितेको छ । प्रतिनिधिसभामा राप्रपाको उपस्थिति सांसद् सङ्ख्या १४ हुनेछ ।

निर्वाचन आयोगले दलहरूलाई शनिबारसम्म प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फका सांसदको सूची क्लस्टर मिलाएर पठाउन निर्देशन दिएपछि आज सो पार्टीको कार्यसम्पादन बैठक बस्नलागेको हो । पार्टीको कार्यसम्पाद बैठकमा हालै सम्पन्न निर्वाचनको समेत समीक्षाहुने एजेण्डा रहेको बताइएको छ ।