काठमाडौं – काठमाडौं उपत्यकामा आजबाट मेलम्चीको पानी पुन वितरण हँुदैछ । यसअघि २०७७ चैतमा पहिलो पटक मेलम्चीको पानी अस्थायी रूपमा राजधानी वितरण गरिएको थियो । मेलम्चीको पानी तेस्रो पटक उपत्यकाका धारामा पुग्दैछ ।
मेलम्ची खोलामा आएको बाढीपहिरोका कारण क्षति पुगेपछि बन्द भएको वितरण प्रक्रिया आज बाट सुचारु गर्न लागिएको हो ।

गत असार १७ गतेबाट बन्द गरिएको मेलम्चीको पानी वितरण कार्य शुक्रबार बिहान खानेपानीमन्त्री उमाकान्त चौधरीले महाँकालस्थित काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको वितरण केन्द्रको साँचो खोलेर पानी छाड्ने कार्यक्रम रहेको छ ।

मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमलराज श्रेष्ठका अनुसार सुन्दरीजल प्रशोधन केन्द्रबाट बिहीबार काठमाडौँ भण्डार केन्द्रका लागि पानी छोडिएको छ । उहाँले यस पटक लगातार कम्तीमा छ महिना पानी वितरण गरिने जानकारी दिनुभएको छ ।