काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुङ्गो लगाउन र समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको हो ।

समानुपातिकतर्फ पाएको मतका आधारमा प्रतितिनिसभामा एमालेका ३४ सांसद निर्वाचित हुने छन् । त्यसैगरी मधेस प्रदेशबाहेक चार प्रदेशमा एमाले पहिलो भएको छ भने अरु दुई प्रदेशमा काङ्ग्रेससँग बराबरी सिट ल्याएको छ ।

एमालेले सबै क्लस्टर मिलाएर निर्वाचन आयोगले पठाएको पत्रअनुसार सांसदको टुङ्गो लगाउने छ । एमालेले प्रतिनिधिसभामा ३४ सिट पाएको छ । आयोगले समानुपातिक सांसदका लागि राजनीतिक दलहरुलाई पत्र पठाएसँगै दलहरु समानुपातिक सांसदको निर्णय गर्न बैठक बस्न लागेका हुन् ।