धनगढी – शिक्षक सेवा आयोगले सुदुर पश्चिमका तीनै तहका शिक्षकको बढुवा गरेको छ । कार्यसम्पादन मूल्याङकनका आधारमा बढुवा सिफारिस समिति सचिवालय, शिक्षा विकास निर्देशनालय दिपायलको निर्णय अनुसार बढुवाका लागि निवेदन पर्न आएका उम्मेदवारको शिक्षक बढुवाको नामावली प्रकाशित गरेको हो ।

माध्यमिक तह प्रथम श्रेणी, माध्यमिक द्वितीय, निम्न माध्यमिक तह प्रथम, निम्न माध्यमिक तह द्वितीय श्रेणी र प्राथमिक प्रथम श्रेणीका शिक्षकको आयोगले बढुवा गरेको छ ।

आयोगले नियमावली २०५७ (संशोधन सहित) को परिच्छेद ४ को नियम ३३ बमोजिम सबै भन्दा बढी अङ्क प्राप्त गर्ने जिल्ला, तह, श्रेणी र विज्ञापन अनुसार शिक्षक सेवा आयोग नियमावली २०५७ (संशोधन सहित) को नियम ३४ अनुसार बढुवा भएका शिक्षकको नामावली सार्वजनिक गरेको हो ।