काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवाद) ले भोलि शुक्रबार सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएकोहो ।

बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल गरिने बताइएको छ ।

निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको थियो । एमालेले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा ४४ सिट र समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ ।