काठमाडौं – सरकारले प्रदूषण जाँचपास नभएका सवारी साधन चलाएमा एक लाख रुपैयाँसम्म जरिवाना गर्ने भएको छ । नेपाल सरकार वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले आगामी पुस १ गते पछि विभागको परीक्षणमा प्रदूषण जाँचपाँस हुन नसक्ने सवारी साधनहरुलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्ने चेतावनी दिएको हो ।

विभागले आज बिहिबार एक सूचना जारी जरिवानाको चेतावनी दिएको हो । विभागले हाल काठमाडौं उपत्यकाभित्र सञ्चालित सवारी साधनहरुमा छड्के जाँच गर्दै आएको छ । ती मध्ये अधिकांश सवारी साधनले प्रदूषण जाँचपास नगरेको पाइएको थियो । सवारी साधनबाट निस्किने धुँवा परीक्षण गर्दा तोकिएको मापदण्ड भन्दा बढी प्रदूषण गरिरहेको पाइएका सवारीलाई एक पटकका लागि मर्मत गरी अवस्था दुरुस्त राख्न भनिएको छ ।

विभागले आज जारी गरेको सूचनामा आगामी २०७९ पुस १ गतेपछि भने नगद जरिवाना गर्ने र सवारीको मर्मत गरी तोकिएको मापदण्डको सीमासम्म मात्र प्रदूषण गर्ने बनाई जाँच पास गराएर मात्र सवारी सञ्चालनमा ल्याउन दिने उल्लेख छ ।

विभागले हरियो स्टिकर जारी भएको अवधि बाँकी रहेको अवस्थाका सवारी साधनमा पनि जुनसुकै बेला छड्के जाँच गर्ने र कारबाही गर्ने जनाएको छ । साथै आफ्नो टोल छिमेकमा कसैले खुल्ला रुपमा फोहोर जलाउने काम गरिरहेको भए पनि जानकारी दिन विभागले भनेको छ । त्यस्तो जानकारी दिनेको परिचय गोप्य राख्ने र खुल्ला रुपमा फोहोर जलाउनेलाई कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।

हेर्नुहोस् यस्तो भनिएको छ विभागले आज जारी गरेको सूचनामाः