काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको भनी सङ्घीय संसदका महासचिव भरतराज गौतमले दिएको पत्र अवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट पेश भएको छ । सर्वोच्च बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्य लगायतका पदाधिकारीहरुले सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका हुन् ।
पेश गरिएको उक्त पत्र असंवैधनिक र गैर कानुनी भएकाले बदर हुनुपर्ने माग गरिएको सर्वोच्च बार एशोसिएशनका सदस्य अनन्तराज लुइँटेलले जानकारी दिनुभयो ।
हेर्नुहोस् रिट निवेदन


