फाइल तस्वीर

सुर्खेत– नेपालगञ्जबाट हुम्लाका लागि उडेको जहाजमा चरा ठोक्किएको छ । हुम्लाको अदानचुली गाउँपालिकाको मुने लेकनजिकै कार्गो जहाजमा चिल ठोक्किएको तारा एयरले जनाएको छ ।

दिउँसो करिब १ बजेतिर जहाजमा चरा ठोक्किँदा जहाजको अगाडिपट्टिको भागमा क्षति भएको छ । यद्यपि, जहाजमा सवार सबैलाई सकुशल सिमकोट विमानस्थल अवतरण गराइएको बताइएको छ । जहाजमा पाइलट, को–पाइलट र एयरहोस्टेजसहित तीनजना सवार रहेका थिए ।