फाइल तस्वीर
काठमाडौं – सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक बसिरहेको छ । मङ्गलबार निधन भएका पूर्व न्यायाधीश प्रचण्डराज अनिलको निधनको शोक प्रस्ताव पारित गर्न बोलाइएको न्यायाधीशहरुको बैठक अहिले बसिरहेको छ ।

यसैबीच संसद् सचिवालयले निलम्बनमा परेका प्रधानन्यायाधीय चोलेन्द्रशम्शेर जबराको महाअभियोगको प्रस्ताव निष्प्रभावित भएपछि सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले प्रधानन्यायाधीश फुकुवाको पत्र सर्वोच्च अदालतमा पठाउनुभएको थियो । सर्वोच्च स्रोतका अनुसार न्यायाधीशहरुको बैठकमा उक्त पत्रबारे छलफल हुने र फुलकोर्ट बैठकमा यो विषयमा प्रवेश गराइने भएको छ ।

प्रधानन्यायाधीश जबराको सर्वोच्च अदालतमा हुने आगमनलाई लिएर नेपाल बार एशोसिएशनले विरोध जनाउँदै यसमा षडयन्त्र हुनसक्ने बताएको छ ।