काठमाडौं – सङ्घीय संसद् सचिवालयले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोगको प्रस्ताव निष्प्रभावी भएको भन्दै उहाँलाई नियमित कामकाज गर्न दिन विभिन्न ६ वटा निकायलाई पत्र पठाएको छ । संसद् सचिवालयले आज बुधबार प्रधानन्यायाधीशमाथिको महाभियोग निष्प्रभावी भएको भन्दै ६ निकायलाई नियमित कामकाज गर्न दिन पत्र पठाएको हो ।
सङ्घीय संसदका महासचिव डा. भरतराज उप्रेतीबाट जारी गरिएको पत्रमा राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत, न्याय परिषद् र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई समेत पत्र दिएर जानकारी गराइएको छ ।
पत्र सङ्ख्या ०७९/८०, चलानी नम्बर ७ बाट जारी पत्रमा पुरानो सांसदको कार्यकाल सकिएको कारण महाभियोग पनि निष्प्रभावी भएको भनिएको छ ।
यस्तो भनिएको छ पत्रमा :
