फाइल तस्वीर
काठमाडौं– सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायीश चोलेन्द्रशमशेर जबरामाथिको महाअभियोग प्रस्ताव निष्प्रभावित भएको भन्दै प्रधानन्यायाधीश राणा आज बुधबार सर्वोच्च अदालत जाँदै हुनुहुन्छ । प्रधानन्यायाधीश जबराविरूद्धको महाअभियोग प्रस्ताव निष्प्रभावित भएको हुँदा उहाँ आज सर्वोच्च जान लाग्नुभएको हो ।

गत २०७८ फागुन १ गते जबराविरूद्ध ९८ प्रतिनिधिसभाका सदस्यहरुले महाअभियोग दर्ता गराएका थिए । फागुन २२ गते प्रतिनिधिसभाले महाअभियोग छानविन गर्न ११ सदस्यीय समिति गठन गरेको थियो । फागुन २९ गते प्रतिनिधिसभा बैठकमा महाअभियोग प्रस्ताव पेस भएको थियो । प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव पेस भए पनि लामो समयसम्म संसद्मा उक्त विषयमा छलफल हुन सकेको थिएन । तर सरकारले प्रनितिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा गरेपछि प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोगमाथि छलफल सुरू गर्न संसदीय महाअभियोग सुनुवाइ समिति गठन गरेपछि निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिएको थियो ।

राणाविरूद्ध महाअभियोगमा लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, संवैधानिक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम, निष्पक्ष र जिम्मेवार न्यायपालिकाको जगेर्ना गर्न असक्षम रहेको, सर्वोच्च अदालत लगायत न्यायपालिकाभित्रै उहाँको कार्यकालमा अतिशय विकृति, विसंगति, भ्रष्टाचार तथा बिचौलियाहरूले प्रवेश पाएको लगायतका विभिन्न २१ वटा आरोप लगाइएको थियो ।

संसद् सचिवालयका अनुसार निलम्बित प्रधानन्यायाधीश जबरालाई महाअभियोगको विषयमा पत्र पठाइएको छ । संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले राणाको महाअभियोगका विषयमा पत्र पठाइएको बताउनुभएको छ । सहायक प्रवक्ता धमलाले ‘पत्र आजै सम्बन्धित सबै निकायमा पठाइएको छ । व्यहोराबारे मैले पनि बुझ्दैछु,– भन्नुभएको छ ।

संसद सचिवालयले आफूविरूद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको भन्दै पत्र आएकाले आफु अदालत जान लागेको प्रधानन्यायाधीस जबराको भनाइ छ । प्रधानन्यायाधीश जबराले ‘पहिला कार्य सम्पादन गर्न नपाउने गरी भएकोमा संसद नै गइसकेको हुनाले महाअभियोग प्रस्ताव निष्प्रभावी भएको जानकारी गराइन्छ भनेर पत्र आएको छ । म व्यवस्थापन गरेर आजै अदातल जान लागेको बताउनुभएको छ । प्रधानन्यायाधीश जबराले २०७९ मङसिर २७ गते उमेर हदका कारण सर्वोच्च अदालतबाट अवकाश पाउँदै हुनुहुन्छ ।