फाइल तस्वीर
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माकर्सवादी लेनिनवादी) को केन्द्रीय कार्यालय बैठक बस्दैछ । केन्द्रीय कार्यालयको बैठक आज बुधबार दिउँसो १ बजे ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो ।

एमाले केन्द्रीय कार्यालय बैठकमा महासचिव लगायत उप–महासचिव र सचिवहरु रहेका छन् । कार्यालय बैठकले पार्टी केन्द्रीय सचिवालयका एजेण्डाहरु तय गरेपछि मात्रै सचिवालयको बैठक बस्नेछ । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पश्चात् एमालेको पहिलो पटक बैठक बस्न लागेको हो ।

निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिकतर्फको परिणाम सार्वजनिक गरेसँगै एमालेले बैठक बोलाएको हो । बैठकमा समानुपातिकतर्फ बन्द सुचीमा रहेकाबारे छलफल हुनेछ । एमालेले समानुपातिकतर्फ लोकप्रिय सवैभन्दा बढी २८ लाख ४५ हजार ४६१ मत ल्याएको छ भने प्रत्यक्षतर्फ ४४ सिट जितेको छ । समानुपातिकमा एमालेले ३२ सिट प्राप्त गर्नेछ ।