प्रतिकात्मक तस्वीर

कैलाली – कैलालीको जोशीपुर गाउँपालिका–६ कुमारीबागमा गए राति भएको झै– झगडासँगै हँसिया प्रहारबाट घाइते भएका पदम भण्डारीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय टीकापुरका अनुसार हँसिया प्रहारबाट घाइते भएका ३३ वर्षीय भण्डारीलाई उपचारका लागि टीकापुर अस्पताल पु¥याइएकोमा चिकित्सकले राति नै मृत घोषणा गरेको हो ।

हँसिया प्रहारबाट गम्भीर घाइते भई टीकापुर अस्पतालमा भर्ना गरिएका अर्का ४० वर्षीय जयराज भण्डारीलाई थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको छ । उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सोही ठाउँका ५० वर्षीय गौरीलाल ढुङ्गानाले नातामा साला पर्ने दुवै जनालाई हँसिया प्रहार गरी फरार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको खोजी कार्यका लागि प्रहरी टोली परिचालन गरिएको छ । घटना के–कति कारणले किन भयो भन्नेबारेमा प्रहरीले अनुसन्धान थालेको बताइएको छ ।