काठमाडौं – काठमाडौं महानगरपालिकाले विभिन्न सरकारी तथा निजी कार्यालयहरूलाई आफ्नो कार्यालय परिसरभित्रको फोहोरमैला आफैले सफा गर्न आग्रह गरेको छ । महानगरले आज बुधबार एक सूचना जारी गर्दै आफ्नो कार्यालय परिसरको फोहोर ३५ दिनभित्रै आफैँले व्यवस्थापन गर्न आग्रह गरेको हो ।
साथै, सूचना प्रकाशित गरेको समयसीमाभित्र फोरोर व्यवस्थापन नगर्ने कार्यालयलाई महानगरले कारवाही गर्ने चेतावनी समेत दिएको छ ।
‘अन्यथा प्रचलित कानुन बमोजिम दण्ड जरिवाना गरिने र फोहोर मैला व्यवस्थापन गर्न लागेको खर्चसमेत सम्बन्धित कार्यालयबाटै असुल गरी त्यस्ता कार्यालयको नामसमेत सार्वजनिक गरिने व्यहोरासमेत यसै सूचनामार्फत् सूचित गरिन्छ,’ सूचनामा लेखिएको छ ।
हेर्नुहोस् सूचनाः
