काठमाडौं – निर्वाचन आयोगले समानुपातिकतर्फ सार्वजनिक गरेको अन्तिम तथ्याङ्क अनुसार नेकपा एमाले पहिलो दल बनेको छ । प्रत्यक्षतर्फ भएको निर्वाचनमा एमालेले ४४ सिट प्राप्त गर्दा समानुपातिकतर्फ २८ लाख ४५ हजार ६४१ मत पाएको छ ।

प्रत्यक्षमा ५७ सिट जित्दै पहिलो दल बनेको नेपाली काङ्ग्रेस भने समानुपातिकतर्फ दोस्रो स्थानमा रहेको आयोगले जनाएको छ । समानुपातिकमा काङ्ग्रेसले ३२ सिट प्राप्त गरेको छ । त्यस्तै प्रत्यक्षतर्फ १८ सिट जितेर तेस्रो भएको माओवादी केन्द्र समानुपातिकतर्फ पनि तेस्रो भएको छ । माओवादीले समानुपातिकतर्फ १४ सिट पाएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकमा १३ सिट पाएको छ । राप्रपाले समानुपातिकमा ७ सिट जित हात पारेको छ । त्यसैगरी जनमत पार्टी र जसपाले पनि समानुपातिकमा ५– ५ सिट पाएका छन् ।