फाइल तस्वीर
इनरुवा –नगरपालिकाले पटक–पटक सार्वजनिक गरेको सूचनालाई अटेर गरेको भन्दै इनरुवा नगरपालिकाको कार्यालयले आजबाट अतिक्रमित सडकपेटी खाली गराउन सुरु गरेको छ । महानगरले ३५ दिने र अन्तिम पटकको ३ दिने सूचना जारी गर्दासमेत सडकपेटी खाली नगरेको भन्दै नगरप्रमुख केदार भण्डारीसहितको नगरपालिकाको टोली डोजर लिएर सडकमा निस्किएको हो ।
नगर प्रहरीका साथै सुरक्षा निकायको रोहबरमा नगर प्रमुखले सडकपेटी खाली गराउने कार्यलाई अघि बढाएका हुन् । व्यापारी र केही स्थानीयको अवरोधका बीच नगरपालिकाको टोलीले अतिक्रमित सडकपेटी र सडकमा बनाइएका टहरा हटाउन थालेको छ ।
नगरपालिकाले नगर सफा राख्ने कार्यमा नगरवासीको साथको अपेक्षा गरेको पनि जनाएको छ । सडकपेटी खाली गराउन पुगेका नगरप्रमुख केदार भण्डारीले पटक–पटकको सूचना अटेर गरेपछि बाध्य भएर एक्शनमा उत्रनुपरेको बताउनुभएको छ ।