काठमाडौं – लोकसेवा आयोगले लिएको परीक्षामा वैकल्पिक उम्मेदवारका रूपमा सिफारिस भएकाहरूलाई काठमाडौं महनागरपालिकाले जागिर दिने भएको छ । काठमाडौं महानगरपालिकाद्वारा सम्पादन हुने पूर्वाधार सम्बन्धी कामका लागि यस्ता उम्मेदवारहरूलाई करारमा जागिर दिन लागिएको हो ।
महानगरले एक सूचना जारी गर्दै लोक सेवा आयोगको परीक्षामा वैकल्पिकमा सिफारिस भएकाहरूलाई सात दिनभित्र निवेदन दिन आग्रह गरेको छ । सिभिल इन्जिनियरदेखि स्टक्चर इन्जिनियरको परीक्षामा वैकल्पिकमा सिफारिस भएका उम्मेदवारहरूले मौका पाउनेछन् ।
हेर्नुहोस् सूचनाः
