हामी जवसम्म मानव जीवन प्राप्तीको अभिप्राय तथा खास प्रयोजन बुझदैनौं वा जान्दैनौं तबसम्म आफूलाई अज्ञानी सम्झेमा अत्युक्ति नहोला । किनकी आफुले आफुलाई बुझदैनौ भने आयका बारे के बुझ्दछौं । वास्तविक रुपमा भन्नुपर्दा हाम्रो मानब जीवनको प्रयोजन महत्वका बारे म को हुँ ? मेरो के हो? यति धेरै जीवका योनीहरु छन्, म कसरी मानव हुन पाए जो सारा जगतको उत्कृष्ट योनी प्राप्त छ । तर हामी यसतर्फ खास दिने संख्या नियाल्यौं भने निकै अल्प संख्यामा मात्र यस विषयमा सचेत तथा जिज्ञासुहरु भेट्दछांै । उनिहरुको जीवन शैली, व्यवहार लाई विचार गर्दा समाजमा रहने अन्य समुदायको जिवन शैलीर व्यवहार संग पटक्कै नमिल्दो र भिन्न प्रकृतिको पाउदछौं ।

जो ज्यादैनै सरल र सरस हुन्छ । हामी त्यसतर्फ आफुलाई लैजान चाहादैनौं । किनकी संसारी रमझम यत्रतत्र हावी भएको देख्दछौं । आफुलाई पनि त्यतै समर्पित गर्दछौँ । यो नै मानव लक्ष्य प्राप्तीको क्षेत्र हो भन्ने भ्रमले प्रभावित हुन पुग्दछौं । नकि अन्य कुनै बास्तवीक क्षेत्र छ भन्ने बारे सोच्न सम्म पनि फुर्सद छैन । सोची हाल्यौँ भने पनि त्यस बारेमा विबेचन गर्न अज्ञानको कारण असमर्थ हुन्छौं । आफुलाई वास्तविक क्षेत्रमा लाग्न असमर्थ र अयोग्य पनि ठान्दछांै । बास्तविकता त्यसतो हैन, सबै मानव खास तत्व ज्ञान बुझ्न र अवलम्वन गर्न लायक नै हुन्छन् ।


मानव लक्ष्य प्राप्तिको निमित्त चाहे जस्तो सुकै लक्ष्य बनाउ त्यस प्रतिको श्रदा, श्रदालाई साकार गर्ने प्रयत्न र प्राप्त हुने परिणामको बारे धेरै बुझीरहन नपर्ला किनकी हाम्रो जीवनको प्रतेक क्षण हाम्रो त्यसैमा विताई रहेका छौँ । केवल हामीमा पैदा भएको श्रदा कुन क्षेत्रसंग सम्बधीत छ फरक त्यती मात्र हो । पछि हामी संसारशक्त मात्र छौँ भने के हामीले वास्तबिक मानव लक्ष चुम्न वाट बन्चीतनै भयो त हामीमा अध्यात्म प्रेम श्रद्धा जगाउने सक्दैनौ त हाम्रो जीवनको नियती ८४ लाख योनिमा घुमिरहने हो त, के अध्यात्मीक चिन्तन गर्ने ब्यक्ती सबै जन्मदै अध्यात्मीक वनेर आउदछन ।

त्यसो होइन हाम्रा जीवनलाई मार्गदर्शन गर्नको लगी पूर्ब जन्मको कमाई संस्कार ले त केबल २% मात्र काम गर्दछ बाकीँ ९८% कार्य गर्न मानव स्वतः गर्ने छ । यस जीवनमा गरिने कार्यनै अन्य चोलाका लागी संस्कार वन्दछ । यसबाट के प्रस्ट हुन्छ भने हाम्रो चिन्तन तथा क्रियाले नै आफूलाई कस्तो वनाउने, आफनो हातमा भएको स्पष्ट हुन्छ । यसर्थ धेरै बिचार पूर्वक सावधानीका साथ बुभ्mने प्रयत्न गर्नु जरुरी छ । किनभने मानव योनी कर्म योनी हो जो प्राप्त गर्न देवता लालायित हुन्छन भनिन्छ नी देवदुर्लभ यौनी हो भनेर ।
वेदव्यास नृत भागवतमा भनेका छन – सत्सङ्घ ठिक ठिक चल्दै छ त ठिकै छ । यदि बेठिक छ भने पनि ठिक ढंगले गर्ने प्रयत्न गर्दै रहनु श्रदा ्को उत्पति स्वयं हुन्छ । किन कसरी भन्ने प्रश्न मनमा उठ्ला ,यसरीकी सत्सङ्घमा त्यती त बताईन्छ । तिमी का हौ, कसको हौ उ संग तिम्रो के सम्बन्ध छ , उसलाई तिमी कसरी आफनो बनाउ वा प्राप्त गर्न सक्दछौं । जव हामीलाई यो सम्बन्धी ज्ञान जव हुन्छ त थप जान्ने प्यास बढ्दै जाने छ । किनकी मत आजसम्म लापरवाही तथा व्यर्थमा रहेछु ।

संसारमा आनन्द खोज्दै थिए । अब वुझे बिना तत्व ज्ञान संसार बाट बैराग्य हुन्छ कसरी । त्यो ज्ञान कसरी मिल्दछ – सत्सङ्घ दारा । बास्तविक शन्त त यहाँ बताउँछन् जीवन कल्यायणार्थ । हामीले के गल्ती गरिरहेका छौं । त्यो गल्तीलाई कसरी सुधार्न सकिन्छ । यी दुई बिषयलाई बिषय लाई बुझ्यौं भने अगाडीका क्षणमा गल्ती पुन कसरी गरिएला र । बरु बिगतमा गल्ती सुधार्न थप साधना भक्तिमा अनुरक्त हुनेछौँ । सत्संघमा हाम्रो सम्पुर्ण नाता सम्बनधी परब्रध श्री कृष्ण हुन, हामी उनका दाश हौँ, उनकै बिभित्ताङस शक्ति हौँ । हाम्रो काम अंशी श्री कृष्ण प्राप्त गर्नु नै हो । उन संग सारा नाता छ । दुई चार मात्र हौइन । शास्त्र भन्दछ ‘त्वमेव सर्व मम देव देव’ अन्य अरु संग कुनै नाता छदै छैन । हामीले समृद देखेका छौ, एक तरंग पैदा हुन्छ, पछि अर्काे फेरी दुबै एक हुन्छन, पुन एक क्षणमा दुवै हराउदछन, पुन अन्य उठदछ, पुन समुद«मानै बिलय हुदै जान्छ ।

संसारी सम्बन्ध एक तरङग हो भने भगवान समुद« । जो जहाँबाट जसकारण पैदा हुन्छ सो त्यही गएर बिलय हुन्छ । यसबाट हामी के प्रष्ट हुन्छौ भने, आफनो खास सम्बन्धी नै केवल आफनो हो, जसद्घारा हाम्रो सवै अभिलाशा पुराभई हामी सन्त एवं बिश्वस्त हुन सक्ने तत्व एक मात्र रहेछ । अन्य सबै काम काडी रहेछन । यहि तत्व ज्ञान लाई पक्का गर्नु छ जस्तै आज सम्म हामीले गर्दै आएको भोगको गुणले हाम्रो शरीमा नकारात्मक असर पारेको तथा बिष युक्त सावित भएमा, थाहा भएपछि त्यसको सेवन हामी गर्न छाडदछाँै । जस्तै सुगरको रोगीले गुलियो पदार्थ प्रतिको वैराग्यता बाच्न चाहानेले त्यसको सेवन गर्दैनन् । हामी पनि कू सङ्घ बाट सत्सङ्घ तर्फ फर्कन सहजै सक्नेछाँै । यदि समझदार हो भने ।


हामीले हरपल शुखी हुन गरीरहेको प्रयत्नका वावजुद पनि दुखी छांै, गड्वडी चल्दैछ, यसबारेको मुल कारण अज्ञानतानै हो भनि अध्यात्म रामायणले ठोकुवा गरेको छ । हामीले गरिने कार्य को फल के, जानपर्ने कता, जादैछौ कता ? ज्ञान छैन । यो सव ज्ञान सत्सङ्घमा असली शन्तद्घारा प्राप्त गर्न सम्भब छ । नक्कली शन्त द्घाराले केवल जब चार धाम गर, गङ्गोत्रीका जल रामेश्वरमा चडाउँ । मोक्ष मिल्नेछ । यस्ता अण्डबण्ड उपदेश दिने ढोगीं व्याक्ति, पण्डीतहरु त भोगेकै छौ नी । जव बास्तबिक सन्त मिल्ने छ त, वास्तबिक तत्व ज्ञान गराउदछन् ।

जसको प्रभावले हामीमा संसारप्रति उदासिनता र भगवानमा अनुराग श्रदा पैदा हुनेछ । दिन प्रतिदिन अनुरागमा वृद्घी हुदै जाने छ । कमीला वा कक्षुवा पनि लगातार सहि बाटो एकदिन प्रयाग पुग्ने पक्का छ । मतलव हाम्रो लक्ष अवस्य हासील गर्ने छौ । सत्संघमा बस्न, सुन्न, सुुरुका दिनमा मन नलागेपनि बस्नै पर्ने, सुन्ने पर्ने, बिषय हो भन्ने कुरा मानियो भने इच्छा नहुदानहुदै पनि बस्ने र सुन्ने प्रयत्न गरौँ । अवस्य रस पैदा हुदै जाने निश्चीत नै छ । सुरुका क्षणमा तत्व ज्ञान सुन्दैमा सरणागत हुनेवाला त निकै दुर्लभ भेटिन्छन इतिहासमा । यस्तो हुन त पूर्व जन्मको ठुलाठुला संस्कारी साधक वा ब्यक्तिमा देख्न पाइन्छ । जस्तै तुलसी दास, सुर दास आदि अन्य सबै बिस्तार बिस्तार साधनाको बलमानै भगवत प्राप्त गर्नें गर्दछन ।


यदि हामी आफ्नो जीवनलाई सार्थकता तर्फ लान चाहान्छौ, या भगवत प्राप्ती गर्न चाहान्छौँ भने बिलम्ब नगरी सत्गुरु, शन्तको सानिध्यतामा हुने प्रवचन, साधना नै एक मात्र उपाय हो । अन्य नश्वर वस्तुको प्राप्तीका लागी नै निरर्थक प्रयत्न गरीरहने हो भने आफूखुसी गर्न सवलाई छुट छ । भगवान त निर्देशन गर्दैनन प्रतिक जीवको हृदयमा निवास गरेर पनि केबल मनको संकल्प बिकल्प राम्रो नराम्रो को मात्र नोट गरी प्रारब्ध को लागी हिसाब किताब राख्दछन् । तसर्थ हाम्रो सोचलाई सकरात्मकता तर्फ लैजान सत्संघ को अपरीहार्यता सिद्घ हुन्छ । सत्संघ द्घारा श्रद्घा पैदा हुन्छ । जब श्रद्घा हुन्छ तवमात्र सत्संले उच्चता हासिल गर्दै जाने छ । सत्संघ बाट श्रद्घा, श्रद्घाबाट सत्संघ ठिक ठिक हुन थाल्दछ । तब भक्ति त स्वतह आपसेआप हुनेछ । भक्ति द्घारा अन्तहकरणको शुद्घता अवसंमावि छ । अन्तहकरणको शुद्घगर्न सम्म मात्र हाम्रो काम रहन्छ ।

त्यस पस्यात गुरु र भगवानको काम आउदछन् । शुद्घ अन्तहकरणमा सत्गुरु द्घारा स्वरुप शक्ति प्रदान गर्दछन, स्वरुप शक्ति दारा हामी माया निवृत हुनेछौ तथा माया निवृतीको अवस्था भन्नुको तात्पर्य माहापुरुष जुन द्घारा भगवानको दर्शन, उनको उनको गुणादी हाम्रो शुद्घ आत्मामा रहने र हाम्रा सबै कार्य उनै भगवान द्घारा गराउने छन् । हाम्रो सवै इन्द«ीय, मन बुद्घी दिब्य वन्ने हुदा दिब्य भग्वान का गुणला सहजै ग्रहण गर्ने अवस्था यसै योनिमा प्राप्त गर्न सकिने निश्चय भएको हुदा त्यस अवस्थामा हाम्रो मानव योनिले सार्थकता पाउन्छ । आफ्नो लागी केही गर्न बाकी त्यस अवस्थामा नरहने केवल परोपकार मात्रका लागी कार्य हुने गर्दछ । आफ्नो लक्ष पुरा हुनेछ ।

तसर्थ हामी जो कोही पनि भगवत अनुराध, श्रदा बिमुख छ भने पनि चिन्ता र निरास नवनौ । सबको लागी अवसर छ । मानवयोनिमा शरणागतिको आधारमा जुन मात्राको बिश्वाश उहि मात्राको भगवत लाभ । बाराबरी को सिद्घान्त भएको हुँदा । हामी जुन क्षण पुर्ण श्रद्घा, युक्त हुनेछौ । तत क्षण भगवत प्राप्त सुनिस्चीत भएको हुदा समयको महत्वलाई मात्र बुझेर चलेमा कुनै लाभ समयको पनि आवस्यकता नपर्ने सिद्घ भयो । केबल प्राप्त समयको र मानव देहको महत्वलाई हृदया∙म गरी अगाडिको आउदा समयलाई भरपुर उपयोग गर्नुनै सर्वोत्तम उपाय भएको हुँदा । एक छिन सोचौं की !
जय श्री राधे