बुटवल – विवाहको भोज खाएका प्युठान नगरपालिका–६ माझकोटका ३५ जना जन्ती बिरामी परेका छन् । पाल्पाको एक बिहेभोजमा सहभागी एउटै गाउँका ३५ जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
जन्ती गएर घर फर्किएका उनीहरूमा ज्वरो, पखाला र बान्ताको समस्या देखिएपछि सबैलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार पठाइएको छ । प्युठान नगरपालिकाका उपप्रमुख देवेन्द्र बर्माका अनुसार बिरामीहरू सबैको प्युठान अस्पतालमा उपचार भैरहेको छ ।
प्युठान प्रहरीका प्रवक्ता सुशील थापामगरका अनुसार बिरामी परेकाहरू सबैको अवस्था सामान्य छ ।