चरिकोट– प्रतिनिधिसभा सदस्यका लागि दोलखा जिल्लामा भएको निर्वाचनको मतगणना जारी छ । अन्तिम चरणमा पुगेको मतगणनाको प्राप्त पछिल्लो नतिजा अनुसार सत्तागठबन्धनका नेकपा माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्की अग्रस्थानमा रहनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निकै प्रतिस्पर्धात्मक मत आइरहेको दोलखामा कहिले नेकपा माओवादी केन्द्रका उम्मेदवार कार्की त कहिले एमालेको उम्मेदवार बालकृष्ण सिवाकोटीले अग्रता बनाउँदा रोचक प्रतिस्पर्धा देखिएको छ ।

अहिलेसम्म कुल ७६ हजार ८ सय ४८ मत गणना भएको छ । जसमध्ये नेकपा माओवादी केन्द्रका उम्मेदवार गङ्गा कार्कीले ३३ हजार ३ सय २६ मत प्राप्त गर्नुभएको छ भने एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले ३३ हजार १ सय ६३ मत ल्याएर कार्कीलाई पछ्याउँदै हुनुहुन्छ । शिवाकोटीभन्दा कार्की १ सय ६३ मतले अघि देखिनुभएको छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदिस खरेलले भने जम्मा ३ हजार ५३२ मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार अब शैलुङ गाउँपालिकाको वडा नम्बर १ र २, मेलुङ गाउँपालिकाको वडा नम्बर १ र ३, विगु गाउँपालिकाको १, २ र ३ वडा गन्न बाँकी रहेको छ । अहिलेसम्म ३ हजार १ सय ८३ मत बदर भएको छ ।