फाइल तस्वीर
काठमाडौं– आज सोमबार सत्तागठबन्धन दलको बैठक बस्ने भएको छ । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको परिणामपछि देशको समग्र राजनीतिक परिवेश र आगामी सरकार निर्माणका बारेमा छलफल गर्न सत्तागठबन्धन दलको बैठक बस्न लागेको हो ।

सत्तागठबन्धनको आज हुने बैठकमा देशको समग्र निर्वाचनको समीक्षा गर्नुका साथै आगामी दिनमा गठबन्धनलाई कसरी अघिबढाउने भन्नेबारेमा छलफल हुने नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देव गुरुङले जानकारी दिनुभएको छ ।

आइतबार नेकपा (माओवादी केन्द्र) को मुख्यालय पेसिरडाँडामा बसेको पदाधिकारीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव गुरुङले सोमबार सत्तारूढ गठबन्धनको बैठक बस्ने र देशको समसामयिक राजनीतिक परिवेशका बारेमा छलफल हुने बताउनु भएको थियो ।