काठमाडौं – संयुक्त राष्ट्रसङ्घले लेबनानका शरणार्थीहरुका लागि सहयोग उपलब्ध गराउन आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्च आयुक्तले यस्तो आग्रह गरेका हुन् । संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी आयोगका उच्च आयुक्त फिलिपो ग्राण्डीले लेबनानमा पछिल्लो समयमा शरणार्थीहरुको सङ्ख्या बढ्दै गएको र उनीहरुका लागि आवश्यक मात्रामा सहयोग पनि नपुगेकाले यस्तो आग्रह गरेका हुन् ।

ग्राण्डी तीन दिनको भ्रमणका क्रममा लेबनान पुगेका थिए । भ्रमण सकेर शनिबार फर्किने क्रममा उनले लेबनानमा दशौँ हजार शरणार्थीलाई हाल सामान्य सहयोग मात्र गरिएको र उनीहरुको भविष्य सुनिश्चित हुने खालको कुनै दिगो सहयोग प्राप्त हुन नसकेको समेत बताएका छन् । उनले सिरियाबाट आएर पनि लेबनानमा शरणार्थीका रुपमा मानिसहरु रहेकाले उनीहरुलाई आवश्यक मात्रामा र दिगो सहयोग पु¥याउनुपर्ने बताएका छन् ।

लेबनानमा ठूलो सङ्ख्यामा विदेशी शरणार्थीहरु आएर बसेका छन् । एक प्रतिवेदनअनुसार हाल लेबनानमा कम्तीमा पनि २० लाख शरणार्थी रहेका छन् । ती शरणार्थीमा अधिकांश सिरियाली भएको बताइएको छ ।