काठमाडौं – नेपाली काङ्ग्रेसका प्रवक्ता प्रकाशशरण महत र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउतबीच भेटवार्ता भएको छ ।
काठमाडौंको बाँसबारीस्थित प्रवक्ता महतको निवासमा भएको भेटमा निर्वाचित भएका रावतलाई बधाई ज्ञापन गरी समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम करिब आइसक्दा भएको सो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।