दोलखा – दोलखा प्रदेशसभा (ख) मा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसी विजयी भएका छन् । उनी १९ हजार ४१४ मत ल्याएर प्रदेश सभा सदस्य पदमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका बर्मा लामाले १७ हजार ५९५ मत प्राप्त गरेका छन् ।

काङ्ग्रेस उम्मेदवार लामा २०७४ को निर्वाचनमा पनि प्रदेश सभामा पराजित भएका थिए । यसअघि उनी माओवादी केन्द्रका विशाल खड्कासँग पराजित भएका थिए ।

यसपटक प्रदेश सभामा निर्वाचित भरत केसी भिमेश्वर नगरपालिकाका पूर्वमेयर हुन् । लामा काङ्ग्रेस दोलखाका सभापति हुन् । उनले आफूलाई अन्तर्घात गरेर हराइएको आरोप लगाएका छन् ।