बैतडी – बैतडीको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी २१ वर्षीया माया लुहारका हत्या आरोपित सशस्त्र प्रहरी जवान भरतराम कोली पक्राउ परेका छन् । उनी कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ परेका हुन् ।

कञ्चनपुर प्रहरीको सहयोगमा आरोपीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । पञ्चेश्वर गाउँपालिका–४ की माया र उनकी भदै नेहा मंगलबार बिहान लुगा सिलाउन कुलाउ गएका थिए । त्यसपछि बेपत्ता उनीहरुको खोजी गर्दा अर्को दिन मायाको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको थियो ।

नेहा घाइते अवस्थामा भेटिएकी थिइन् । मङ्गलबार साँझ हत्या गरिए पनि बुधबार दिउसो १ बजेपछि मात्र घटना सार्वजनिक भएको थियो ।