काठमाडौं – नेकपा (माओावादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ । बैठकमा गत प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा र अब बन्ने नयाँ सरकार निर्माणका बारेमा छलफल हुने बतटाइएको छ ।
शनिवार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले माओवादीको नेतृत्वमा सरकारमा जान विकल्प खुला गरेको बताएको थियो । आजको बैठकले पनि सरकारमा जानका लागि गठबन्धनलाई नै निरन्तरता दिने वा नेकपा एमालेसँग सहकार्य गरेर अघि बढ्ने भन्ने बारेमा छलफल गर्ने भएको बताइएको छ ।
बैठक दिउँसो २ बजे पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बस्नेछ ।