काठमाडौं – बाजुराबाट प्रतिनिधिसभा सदस्यमा नेपाली काङ्ग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे विजयी भएका छन् । पाण्डेले ३१ हजार ७ सय ८६ मत प्राप्त गरेका छन् । उनी ५ हजार ४ सय ३७ मतान्तरले थापालाई पछि पार्दै विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी कर्ण थापाले २६ हजार ३ सय ४९ मत प्राप्त गरेका निर्वाचन आयोगले जनाएको छ ।

बाजुरामा बुथ कब्जा भएको भन्दै एमालेले मतगणनामा अवरोध गरेपछि निर्वाचन भएको १० दिनपछि मात्रै मतगणना सुरु भएको थियो ।

सो क्षेत्रमा प्रदेशसभा–(क) बाट नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार नरेशकुमार शाही र प्रदेशसभा (ख) बाट नेपाली काङ्ग्रेसका पदमबहादुर शाही निर्वाचित भएका छन् ।