बाजुरा – बाजुराको प्रदेशसभा ‘ख’ मा नेपाली काङ्ग्रेसका उम्मेदवार विजयी भएका छन् । काङ्ग्रेसका पदमबहादुर शाहीले नेकपा एमालेका लालबहादुर थापालाई ५ हजार ५ सय ९८ मतान्तरले पछि पार्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् ।

काङ्ग्रेसका उम्मेदवार शाहीले २० हजार १ सय १९ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार लालबहादुर थापाले १७ हजार ५ सय २१ मत प्राप्त गरेका छन् ।

पराजित लालबहादुर थापा यस अघि सोही स्थानबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।