काठमाडौं – आगामी सत्ता समीकरणलाई लिएर नेताहरूको दौडधुप चलिरहेका बेला भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

देउवालाई भेट्न श्रीवास्तव आज बिहानै बालुवाटार पुगेका प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ । यसअघि १० मङ्सिरमा पनि श्रीवास्तवले देउवासँग भेटवार्ता गरेका थिए । देउवासँग उनले अहिलेसम्म प्राप्त चुनावी परिणाम र आगामी सत्ता समीकरणबारे चासो राखेको बताइएको छ ।

यसअघि १० मङ्सिरमा पनि उनले समसामयिक राजनीतिक घटनाक्रमबारे चासो राखेका थिए ।