काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई मातृशोक परेको छ । केही दिनयता अस्वस्थ रहेकी महासचिव चन्दकी आमा आशिकादेवी चन्दकोे आज बिहान ९ बजे निधन भएको हो ।

नेकपासहित माओवादी नेताहरूले मातृशोकमा परेका विप्लवसहित परिवारप्रति समवेदना प्रकट गरेका छन् । चन्द परिवार रोल्पा जिल्लाको केवरीका हुन् । सो पार्टीले स्वर्गीय आशिकादेवीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै महासचिव लगायत सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।