काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा गर्न नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अहिले अपराह्न ३ बजे बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।

बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्राप्त परिणाम तथा आगामी रणनीतिका बारेमा छलफल हुने बताइएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम अन्तिम चरणमा रहेका बेला चुनावको परिणामबारे अनौपचारिक छलफल गर्न बैठक बस्न लागेको हो ।

निर्वाचनमा निराशाजनक परिणाम भोगेको माओवादी गठबन्धनमा रहने वा नरहने भन्ने विषयमा विवाद रहेको छ । नेपाली काङ्ग्रेसको भोट ट्रान्सफर नहुँदा माओवादी केन्द्र १७ सिटमा सिमित हुन पुगेको कतिपय नेताहरुको निश्कर्ष छ । सोही विषयवस्तुमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बैठकमा ब्रिफिङ गर्ने र रिपोर्टीङ सुन्ने तयारी भइरहेको बताइएको छ ।