सुवासचन्द्र नेम्वाङ, फाइल तस्वीर ।

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) नेता सुवासचन्द्र नेम्वाङले निर्वाचनबाट प्राप्त ताजा परिणामलाई ध्यान दिँदै आगामी सरकार बामपन्थी शक्तिहरु मिलेर बनाउने पर्ने बताउनु भएको मछ । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पूर्वसभामुख नेम्वाङले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

एमाले उपाध्यक्षसमेत रहनुभएका नेम्वाङले जनताको जनमतलाई कदर गर्दै विगतमा भएका सबै गल्ती कमजोरीहरुलाई बिर्सेर सबै राजनीतिक दलहरुसँग सम्वाद र छलफल सुरु हुनुपर्ने बताउनुभयो ।

वर्तमान सत्तागठबन्धनमा रहेका सबै राजनीतिक दलसँग वार्ता र संवादका आधारमा अघि बढ्नुपर्नेमा जोडदिनु भएका एमाले नेता नेम्वाङले घुमाउरो शैलीमा तत्कालीन नेकपा विभाजनपछि गठन भएका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसँग मिलेर अघि बढ्नुपर्ने बताउनु भयो । ती बामपन्थी दलहरु काङ्ग्रेस नेतृत्वकै सत्ता गठबन्धनलाई निरन्तरता दिन तयारी गरिरहेका भन्दै एमालेले विगतका कमीकमाजेरीलाई बिर्सेर एक ठाउँमा उभिनुपर्ने मत अघि सारेको धारणा व्यक्त गर्नुभयो ।

राजनीति भनेको सम्भावनाको खेल हो भन्दै निर्वाचनपछि सरकार गठनका विषयमा विभिन्न कोणबाट कुरा उठिरहेका छन्, त्यसैले सबै दलले एकअर्कामा पानी बराबार गरेर अघि बढ्ने स्थिति नभएले अब मिलेर जानुको विकल्प नभएको बताउनु भयो । एमाले उपाध्यक्ष नेम्वाङले भन्नुभयो ‘अब त्यो चरण सकियो। हिजो कहीँकतै त्यस्तो भएको रहेछ भने पनि त्यो गल्ती कमीकमजोरी हो, त्यसलाई सच्याएर अघि बढ्नुपर्छ ।’

प्रतिनिधिसभा सदस्यका लागि इलाम जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएका सांसद नेम्वाङले ्। जनताले निषेधको राजनीतिलाई अस्वीकार गर्दै दिएको अभिमतलाई बुझेर दलहरूले एकअर्कासँग छलफल गरेर आगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।