फाइल तस्वीर ।


बाजुरा— बाजुरा जिल्लामा जारी मतगणना पुनः रोकिन पुगेको छ । विवादका कारण निर्वाचन भएको ११ दिनपछि सुरु भएको मतगणना गर्दा मुचुल्कामा उल्लेख गरिएभन्दा बढी मत भेटिएपछि रोकिएको हो ।

बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार बाजुराको हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका भइरहदा मुचुल्का भन्दा ४० बढी मत पाइएको हो ।

यहाँ एमालेका उम्मेदवार पूर्व मन्त्री कर्ण थापा र नेपाली काङ्ग्रेसका उम्मेदवार बनेका पाटीका सहमहामन्त्री बद्री पाण्डेबीच प्रतिस्पर्धा छ । पछिल्लो परिणाम अनुसार पाण्डेको ५ हजार ३९९ मत पाउँदा थापाले ४ हजार १३० मत पाएका थिए ।