काठमाडौं – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वसदस्य सचिव किशोरबहादुर सिंहको हृदयाघातबाट निधन भएको छ । आज बिहीबार बिहान उनको नर्भिक अस्पतालमा निधन भएको हो ।

सामान्य पेट दुखेपछि उनलाई नर्भिक अस्पताल लगी भर्ना गरिएको थियो । उपचारका क्रममा हृदयाघात भई उनको निधन भएको बताइएको छ ।