काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो वर्षको साउन महिना यता मात्रै डेङ्गी सङ्क्रमणबाट ६२ जनाको मृत्यु भइसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्याङ्क अनुसार यस वर्षमात्रै डेङ्गी सङ्क्रमितको संख्या ५३ हजार ९ सय ५१ र मृतकको संख्या ६२ पुगेको हो ।

त्यसमा पनि सबैभन्दा धेरै सङ्क्रमित सेप्टेम्बरमा २७ हजार ५ सय २९ जना थपिएका थिए । त्यसयता निरन्तर घट्दो क्रममा रहेको डेंगी नेभेम्बरमा ३ हजार ९४० जनामा पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख छ ।

सबैभन्दा धेरै डेङ्गी सङ्क्रमित बागमती प्रदेशमा ४१ हजार ९ सय ४७ जना र सबैभन्दा कम कर्णाली प्रदेशमा ६ सय ७७ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको तथ्याङ्कमा उल्लेख छ ।