काठमाडौं – निर्वाचन आयोगले बाजुरा र स्याङ्जा–२ मा पुनः मतदानको माग गर्दै मतगणना अबरुद्ध भएकोमा बाजुरा र स्याङ्जामा मतगणना नै सुचारु गर्ने निर्णय गरेको छ । आयोगको आज बसेको बैठकले पुनः मतदानको सट्टा मतगणना गर्ने निर्णय गरेको हो ।


निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले भन्नुभयो, ‘ बाजुरा र स्याङ्जा २ मा मतगणना गर्ने भनेर सर्वसम्मत निर्णय भएको छ ।’ नेकपा एमालेले स्याङ्जा २ र बाजुरामा धाँधली भएको दाबी गर्दै पुनः मतदानको माग गरेपछि मतगणना हुन सकेको छैन ।