फाइल तस्वीर ।

सुनसरी – दश दिन अघि सम्पनन निर्वाचनअन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को मत गणना कार्य जारी छ । पछिल्लो मत गणनाअनुसार सञ्चारमन्त्री समेत रहनुभएका नेपाली काङग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिंदै आउँदा उहाँका निकटम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार जगदीश कुसियैत ३२८ मतले मात्र पछि रहनु भएको छ ।

बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बन्नुभएका सञ्चारमन्त्री कार्की २६ हजार ५६३ मतका साथ अगाडि हुनुहुन्छ भने उहाँका निकटम प्रतिस्पधी कुसियैतले २६ हजार २३५ मत प्राप्त गर्नुभएको छ । सुनसरीको यस निर्वाचन क्षेत्रमा विवाद् बल्झिएपछि मतगणना दुई दिन रोकिएर थियो । हिजोबाट मतगणना गर्नेकाम पुनः सुरु भएको थियो ।

प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचित सिट सङ्ख्या १६५ मध्ये १६० स्थानको नतिजा सार्वजनिक भैसकेको छ । जसमा नेपाली काङ्ग्रेस पहिलो, नेकपा एमाले दोस्रो, नेकपा माओवादी केन्द्र तेस्रो र चौंथो स्थानमा नेकपा एकीकृत समाजवादी रहेका छन् । समानुपातिक तर्फको मत गणना भैरहेको छ । समानुपातिक तर्फ नेकपा एमाले पहिलो, नेपाली काङ्ग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहँदा नेकपा एकीकृत समाजवादी सातौं स्थानमा रहेको छ ।