फाइल तस्वीर


काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी सरकार बाम गठबन्धनको नहुने बताउनु भएको छ । आज मङ्गलबार मिनभवनस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

बाम गठबन्धनको सरकार गठनका सम्बन्धमा सोधिएको प्रश्नको जवाफ दिंदै एसका अध्यक्ष नेपालले ‘म त्यस्तो सम्भावना देखिरहेको छैन’ भन्ने जवाफ दिनुभएको थियो ।

नेता नेपालले वर्तमान गठबन्धन दलहरुसँगको सहकार्यलाई नै अगाडि बढाइने भन्दै ‘गठबन्धन दलहरुसँगको जुन सहकार्य छ, त्यसलाई अगाडि बढाएर लानुपर्छ भन्ने हामीले ठानेका छौं । बाँकी कुरा राजनीतिक घटनाक्रमसँगसँगै तय गर्ने’ बताउनुभयो ।

अध्यक्ष नेपालले गठबन्धनको सरकार बन्ने, नबन्ने कुरा पनि सम्पूर्ण चुनावी परिणाम आएपछि मात्र प्रष्ट उल्लेख गर्नुभयो । ‘अहिले कतिपय स्थानमा मतदान नै हुनै बाँकी छ । ‘सबै परिणाम आइसकेपछि एउटा ‘पिक्चर क्लियर’ हुन्छ । त्यसपछि सबैले आ–आफ्नो धारणा बनाउँछन् । त्यस क्रममा पनि हामीले आफ्नो धारणा तय गर्छौं’– नेता नेपालले भन्नुभयो ।

उनले राष्ट्रिय राजनीति कतै ‘दक्षिणपन्थी दिशातर्फ त जाँदै भन्ने बिषयमा पनि बैठकमा आफूहरुले गम्भीर चिन्तन गरेको भन्दै देश कतै दक्षिणपन्थी दिशातर्फ त जाँदैन ? भन्ने कुरालाई हामीले गम्भीरताका साथ लिनुपर्ने र सर्तक हुनुपर्ने आवश्यकता महसुस ग¥यौं’ भन्नुभएको छ ।

पार्टी सचिवालयको बैठकमा इलाम र उदयपुरलगायत देशैभरको चुनाव र मतगणनाबारे समीक्षा गरिएको भन्दै इलामबाट पराजित भएका सम्मानित नेता झलनाथ खनालले धाँधदली भएर आफूलाई हराइएको दाबी गर्दै आउनुभएको छ, त्यसको कानूनी उपचार खोज्ने जानकारी गराउनु भयो ।