फाइल तस्वीर


काठमाडौं – लामो समयदेखि रिक्त रहँदै आएको नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी) पदमा बढुवाको लागि निर्वाचन आयोगले अनुमति प्रदान गरेको छ । निर्वाचन सकिएको र एआईजी बढुवाको लागि अनुमति माग्दै गृह मन्त्रालयले गरेको आग्रहलाई आयोगलाई बढुवाको प्रक्रिया अघि बढाउन अनुमति दिएको हो ।

नेपाल प्रहरीमा हाल प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजी)मा चारवटा पद रिक्त छन् । निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले कर्मचारीको सरुवा, बढुवा लगायतका कामहरु गर्न नपाउने आचारसंहितामा उल्लेख गरेको थियो । निर्वाचन सम्पन्न भएता पनि सबै नतिजा प्राप्त भैनसकेको अवस्था त छँदैछ, तर पनि मङ्सिर १९ गते सम्म निर्वाचन आचारसंहिताका कारण आयोगको अनुमित बिना सरुवा र बढुवा गर्न नमिल्ने भएकाले आयोगले आवश्यकता अनुसार प्रहरी अधिकृतहरुको सरुवा गर्न पाउने गरी गृह मन्त्रालयलाई अनुमति दिएको छ ।

२०७९ साउन २० मा एआईजी विश्वराज पोखरेल, भदौ २३ मा मुकुन्दराज आचार्य, कार्तिक १४ मा अरुण बि.सी र कार्तिक २४ मा रबिन्द्र बहादुर धानुकले अवकाश पाएपछि नेपाल प्रहरीमा चार जना एआईजीको दरबन्दी रिक्त रहँदै आएको थियो । रिक्त चार दरबन्दीमा बढुवा हुन करिब एक दर्जन प्रहरी नायवमहानिरीक्षक (डिआईजी) एआईजीमा प्रतिस्पर्धामा छन् । मधेस प्रदेशका डिआईजी मसाउद अलम खाँ, लुम्बिनी प्रदेशका नल प्रसाद उपाध्याय र सुदुरपश्चिम प्रदेशका मोहन कुमार आचार्य मेरिट लिस्टमा अगाडि छन् ।